पोखरा फाइनान्सको बचत खातामा ६ प्रतिशतसम्म ब्याज, मुद्दति निक्षेपमा कति ?

४ बर्ष अगाडि

काठमाडौं - पोखरा फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले विभिन्न खातामा भोलिबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार फाइनान्सले बचत खातामा न्यूनतम ५.७५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याज दिनेछ ।  फाइनान्सको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.२५ प्रतिशत देखि अधिकतम १०.७५ प्रतिशतसम्म तोकिएको छ । 

फाइनान्सले ब्याजको आधार दरमा अधिकतम ७ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । भदौ मसान्तमा फाइनान्सको ब्याजको आधारदर ८.१५ प्रतिशत कायम गरेको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया