काठमाडौं - विभिन्न ४ वटा बैंकहरुले नयाँ व्याजदर प्रकाशन गरेका छन् । सानिमा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेका हुन् ।
१ सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.५१ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८।१ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६.५३ प्रतिशत रहेको छ ।
२ नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगत तथा संस्थागततर्फ ३ महिना भन्दा माथिको अवधिका लागि ८.०५ प्रतिशत तोकिएको छ । बैंकले विभिन्न कर्जा न्यूनतम ०.६० प्रतिशतदेखि अधिकतम ५.०२ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको छ ।
३ राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ३.५५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम ६ प्रतिशत देखि अधिकतम ९.५५ प्रतिशतसम्म तोकिएको छ । अघिल्लो महिना बैंकको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९,०६ प्रतिशतसम्म मात्र थियो । यो महिना बैंकले करिब ०.५० प्रतिशतले निक्षेपमा ब्याजदर बढाएको हो ।
बैंकले ब्याजको आधारदरमा अधिकतम ३ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तमा बैंकको ब्याजको आधारदर ५.४१ प्रतिशत कायम गरेको छ । त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेका छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ८.५० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ ।
४ कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलिबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज व्यत्तिगत खातामा न्यूनतम ७.५० प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म तोकिएको छ भने संस्थागत खाताहरुमा न्यूनतम ७ प्रतिशत देखि अधिकतम ९ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । असार मसान्तमा बैंकको ब्याजको आधारदर ७.११ प्रतिशत कायम गरेको छ ।
प्रतिक्रिया