काठमाडौैं - दशैँको शुभारम्भ भएसँगै हरेक नेपालीको घर आगँनमा नयाँ नोट भित्रिन्छन् । दशैं नजिकिएसँगै नेपालीहरुको घररपरिवारमा नयाँ नोटको खोजी हुन थाल्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन छ ।
यही प्रचलनलाई मध्यनजर गर्दै हरेक वर्ष नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट निस्काशन गर्छ । सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्दि«य बैंकले यसपालीको दशैंलाई लक्षित गर्दै नयाँ नोटको वितरण कार्य शुरु गरि सकेको छ ।
दशैंमा पूजाआजा तथा दक्षिणामा नयाँ नोट प्रयोेग गरिन्छ । नोटमा अबिर लाग्दा, पानीमा चोबलिदा नोटको आयु थोरै हुन्छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोटको जतन गर्न आग्रह गरेको छ । नोटमा केरमेट नगर्ने, नोटलाई मैलो पार्ने कुनै कुरा नगर्न समेत बैंकले आग्रह गरेको छ ।
कारोबारको भुक्तानी दिँदा यथाशक्य विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोग गर्ने, नोटमा टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने तथा स्टिच निकाल्न गाह्रो हुने र नोटको आयु समेत घट्ने हुँदा यस्ता कार्य नगर्न राष्ट्र बैंकले सुझाएको छ ।
धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा रङ, पानी, दुध, रगत नपार्न बैंकले आग्रह गरेको छ । भुक्तानी कारोबार गर्दा जाली वा शंकास्पद नोटहरु पाइएमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गर्न समेत बैंकले आग्रह गरेको छ ।
प्रतिक्रिया