लाभांश प्रस्ताव पारित गर्न कुमारीले बोलायोे साधारण सभा, कति प्रतिशत ?

४ बर्ष अगाडि

कुमारी बैंक लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । बैंकले कात्तिक १६ गते आफ्नो नक्साल कार्यालयमा एक्काइसौँ वार्षिक साधारण सभा डाकेको हो । 

उक्त सभा बिहान ११ः३० बजे शुरु हुनेछ। सो सभामा अनलाइन मार्फत पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २।६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । 

यस अनुसार कात्तिक ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया