काठमाडौं - विभिन्न पाँच जीवन बीमा कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेका छन् ।
सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनी प्राइम लाइफ, ज्योति लाइफ, मेट लाइफ, रिलायन्स लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् ।
१. प्राइफ लाइफ इन्स्योरेन्स
प्राइफ लाइफ इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।
सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर कायम गरेको छ । प्राइम जीवन उपहार अग्रिम भुक्तानीमा ३२ रुपैयाँ र सावधिक बीमामा ४० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
२. ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्सले २०७७ अषाढ मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने गरी जारी गरिएका बीमालेखहरुमा प्रतिहजार न्यूनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ ।
सावधिक जीवन बीमालेख अन्र्तगत बीमा अवधिअनुसार न्यूनतम प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधि अनुसार कम्पनीले प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर तोकेको छ ।
यस्तै, कम्पनीले अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
३. महालक्ष्मी लाइफ इन्स्योरेन्स
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । महालक्ष्मी सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ ।
यस्तै, महालक्ष्मी सरल जीवन बीमा योजना, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधि अनुसार बीमितले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनस पाउने भएका छन् । महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा सबै बीमा अवधिका लागि कम्पनीले ५० रुपैयाँ बोनस कायम गरेको छ ।
कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि प्रति हजार ४० रुपैयाँ बोनस कायम गरेको छ ।
४. रिलायन्स लाइफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बीमांकीय मूल्यांकन प्रतिबेदन बीमा समितिबाट असोज ६ गते स्वीकृति भएपछि बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले न्युनतम १९ रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
सावधिक,सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ देखि ६० रुपैयाँ,अग्रिम भुक्तानी सर्वाधिक बीमा योजनामा ४१ रुपैयाँ देखि ४५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी मुद्दती नियमित शुल्क बीमा योजनामा न्युनतम २४ रुपैयाँख देखि ५४ रुपैयाँ र सामुहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बीमितले बोनस पाउनेछन् ।
५. मेट लाइफ इन्स्योरेन्स
मेट लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमालेखमा बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान) मा बीमा अवधिअनुसार न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । उक्त बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ८० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
प्रतिक्रिया