चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब २५ अर्ब पुग्यो

४ बर्ष अगाडि

काठमाडौं - चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो बर्षको दशैंका लागि ५० अर्बको नोट बाहिरिएपछि चलनचल्तीको मुद्रा बढेको हो । गत भदौ अन्तिम साता चलनचल्तीमा रहेको मुद्रा करिब ६ खर्ब ७५ अर्ब रुपैयाँ थियो ।

यस वर्षको दशैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया