काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल २ लाख ८५ हजार ५८६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी असोज २५ गते ३५ दिने सूचना जारी गरेको हो ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीदका लागि बैंकको कार्यालय बागबजार, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया