नेरुडे लघुवित्तले ५५ लाख ८५ हजार ३९० लाभांश वितरण गर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेरुडे लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तले शेयरधनीहरुलाई २१.४८ प्रतिशत अर्थात १० करोड ६१ लाख २२ हजार ४२६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशत अर्थात ५५ लाख ८५ हजार ३९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया