ग्लोबल आइएमई बैंकको लाभांश घट्यो, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकले लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिका सोमबार बिहान सम्पन्न बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.५ प्रतिशत नगद लाभांश रहेको छ ।

अघिल्लो आवमा बैंकले १४ प्रतिशत बोनस र कर प्रयोजन सहित २ प्रतिशतका दरले नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा बैंकले २.५० प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया