काठमाडौं - सानिमा बैंकले असोज २४ गते ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
मंगलबजार कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थ लाल महर्जनले गरेका हुन् ।
यस्तै बालकुमारी कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यं र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचायले गरेका हुन् ।
प्रतिक्रिया