काठमाडौं - रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको अठारौं वार्षिक साधारण सभा कार्तिक १७ गते कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा जुमको माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुने भएको हो ।
विश्वभर फैलिएको कोभिड-१९ महामारीको जोखिमका कारण नेपाल सरकारद्वारा तोकिएको स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी साधारण सभामा भिडियो कन्फरेन्स मार्फत सहभागी हुन शेयरधनीहरुलाई उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गर्नेछ ।
यसका साथै , सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परिक्षण प्रतिवेदनसहितको आषाढ ३१, २०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ का लागि बाह्य लेखा परीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछन् ।
सभाले विगतका साधारण सभाहरुबाट समेत निर्णय गरे अनुरुप यस रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडलाई रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडमा गाभीनेरसमाहीत हुने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले अठारौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया