नबिल बैंकको 'नयाँ लुगा' सार्वजनिक (भिडियोसहित)

४ बर्ष अगाडि

काठमाडौं - नबिल बैंकले 'नयाँ लुगा' नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैँ मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ । यो कथा आम नेपालीहरुको आत्मकथा पनि रहेको बैंकले जनाएको छ । 

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन्, घरबाट छोरीको फोन आउँदछ, दशैँमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैँ किनमेल गरेर गाउँ  फर्किन्छन् । 

फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । 

घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन् र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ । 

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवार सँग भेटी सुरक्षित साथ खुशी साटासाट गरौ भन्ने सन्देश दिएको छ । यस भिडियोले सबैको मन जित्नेछ भन्ने अपेक्षा बैंकले लिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया