नागार्जुनमा साधना लघुवित्त नयाँ शाखा

४ बर्ष अगाडि

काठमाडौं - साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो ९३औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा सुरु गरेको छ ।

नयाँ शाखा हिजो शनिबार नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका हुन् । नयाँ शाखा सञ्चालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यककाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्ने भएको छ । 

लघुवित्तले यसै वर्ष १४ वटा शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले  देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया