सानिमा बैंकको जीतपुर, मध्यबानेश्वर र भक्तपुरमा नयाँ शाखा विस्तार

४ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकले असोज २१ गते कपिलवस्तुको जीतपुरमा र असोज २२ गते काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

जीतपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहालले संयुक्त रुपमा गरेका हुन् । 

यसैगरी मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं १० का अध्यक्ष राम कुमार के।सी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले संयुक्त रुपमा गरे । यसका साथै बोडे कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया