काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
शनिवार चितवनमा सम्पन्न सभाले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
२० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१.०३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ३८ करोडभन्दा बढी पुग्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
प्रतिक्रिया