नेपाल बङ्गलादेश बैंक र महिला लघुवित्तको लाभांश घोषणा, कुनको कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको आज बिहान बसेको ३७५ औं बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीका १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३।५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

यस्तै महिला लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया