काठमाडौं - मार्केट पण्डित क्यापिटल एण्ड मर्चेन्ट बैकिङ्ग लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । सभा कार्तिक १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा दिउँसो ४ बजेबाट सुरु हुने छ ।
सभाले बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजन सहित हाल कायम चुक्ता पूँजीको १०.६८ प्रतिशतको दरले लांभाश पारित गर्ने छ ।
साथै सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ । यस्तै आव २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिलाई अख्तियारी दिइने छ ।
प्रतिक्रिया