लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकले बोलायो साभारण सभा, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न सानिमा बैंकले साधारण सभा बोलाएको छ ।

बैंकले कात्तिक १४ गते आईतबार,आम्रापाली ब्यांकेट बालुवाटार काठमाडौंमा १७ औं वार्षिक साधारण सभा डाकेको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ । 

कोभिड-१९ महामारीको जोखिमका कारण साधारण सभामा सहभागी हुन इच्छुक शेयरधनीहरुलाई भिडियो कन्फ्रेन्स मार्फत जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया