काठमाडौं - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा आज चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा संस्थाको सञ्चालक बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
संस्थाले साधारण सभामा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्नेछन् ।
त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने छ ।
प्रतिक्रिया