काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बिणा श्रेष्ठ नियुक्त भएकी छिन् ।
संस्थाका सञ्चालक सदस्य दिव्यतारा तुलाधरले राजिनामा दिएका हुनाले संस्थाको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त राजिनामा स्विकृत गरी रिक्त रहेको सञ्चालक पदमा बिणा श्रेष्ठलाई नियुक्त गरेको हो ।
यस्तै राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा पुनम कार्की क्षेत्री नियुक्त भएकी छिन् ।
कम्पनीको आश्विन २१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनी कसुवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक दिपेन्द्र लाल कर्णको ठाँउमा शेयरधनी साङ्गे विद्युत कम्पनी लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने पुनम कार्की क्षेत्रीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया