काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को राजीनामा स्वीकृत भएको छ ।
असोज २१ गते बिहीबार बसेको सञ्चालक समितिको १७५ औं बैठकले कम्पनीका सीईओ नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरेको हो ।
भट्टराईले असोज १९ गते आफ्नो व्यक्तिगत कारण देखाइ पदबाट राजीनामा दिएका थिए । कात्तिक १ गतेदेखि लागू हुने गरी भट्टराईको राजीनामा स्वीकृत भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया