हिमालय ऊर्जा विकासले बोलायो साधारण सभा, एजेण्डा के के ?

४ बर्ष अगाडि

काठमाडौं - हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २०औँ र २१औँ वार्षिक साधारण सभा कार्तिक २४ गते, सिद्धार्थ कटेज रेष्टुरेन्ट एन्ड बार तिनकुने काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया