एचआईडिसीएलको शेयरको शिलबन्दी बोलपत्र खोल्न सुरु

४ बर्ष अगाडि

काठमाडौं - हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को लिलाम बढाबढको शेयरको शिलबन्दी बोलपत्र खोल्न सुरु गरिएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौंमा बोलपत्र खुला गर्न थालिएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीको लिलामी शेयरमा साधारणतर्फ ४ हजार ८०० बढी आवेदन परेको छ भने संस्थापकतर्फ १ करोड कित्ताका लागि आवेदन गर्नुपर्ने व्यवस्थाका कारण कुनैपनि आवेदन परेको छैन ।

लिलामी शेयर बाँडफाँड सबैभन्दा बढी रकम कबुल गर्ने आवेदकलाई पहिलो प्राथमिकता राखेर गरिन्छ । उच्च मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई बाँडफाँड गर्दै क्रमशः त्यसभन्दा कम मूल्यको आवेदकलाई बाँडफाँड हुन्छ । यसरी हुने बाँडफाँडमा लिलामीमा ल्याइएको शेयर कित्ता नसकिँदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुनेछ ।

साधारणतर्फ परेको आवेदनको खुला गर्ने क्रम सकाएर शुक्रबार साँझसम्म प्रारम्भिक कटअफ तय गरिने र दशैं सकिए लगत्तै शेयर पाउन नसक्ने लगानीकर्ताको रकम फिर्ता गरिने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया