बि.ओ.के क्यापिटल मार्केटद्धारा लाभांश बितरण गर्ने प्रस्ताव पारित, कति ?

४ बर्ष अगाडि

काठमाडौं - बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

उक्त साधारण सभाले आ.ब. २०७७/७८ को वित्तीय विवरणहरु पारित गर्नुका साथै आ.ब. २०७७/७८ सम्मको सचिंत मुनाफाबाट चुक्ता पुंजी रु. २१ करोडको १८ प्रतिशतका दरले हुने रकम रु. ३ करोड ७८ लाख नगद लाभांश (कर समेत) बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, साधारण सभाले विशेष प्रस्ताव अन्र्तगत यस क्यापिटल मार्केटको रजिष्ट्रर्ड कार्यालय काठमाडौँ महानगरपालिका, वडा नं. १, नक्सालमा रहने प्रस्ताव पारित गरेको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया