काठमाडौं - सिभिल कोअपरेटिभ लिमिटेडमा अर्बौ रुपैंयाको घोटाला प्रकरणमा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
तामाङका साथै कोअपरेटिभका बहालवाला अध्यक्ष केशवलाल श्रेष्ठसहित १२ जनालाई ५ दिन थुनामा राख्नका लागि अदालतले म्याद थप गरेको हो । सिभिल ग्रुपका अध्यक्ष तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन् ।
सिभिल कोअपरेटिभका निक्षेपकर्ताको ७० करोड रुपैंया हिनामिना गरेको अभियोगमा पक्राउ परेका तामाङ तथा श्रेष्ठ सहितका १२ जनालाई केन्द्रीय अनुसन्धान व्युरोले ठगी मुद्धामा अनुसन्धान गरिरहेको छ ।
७० करोड रुपैंया बराबरका निक्षेपकर्ताहरु मात्र प्रहरीमा पुगे पनि अरु धेरै निक्षेपकर्ताले आफ्नो रकम डुब्ने डरले ठगी मुद्धा दिएका छैनन् । सबै निक्षेपकर्ताको हिसाब गर्दा कम्तीमा पनि ५ अर्ब रुपैंया हिनामिना भएको र त्यसमा आफ्नो पनि ठुलो रकम फसेको बताइएको छ ।
कोअपरेटिभका पुर्व अध्यक्ष तामाङ तथा बहालवाला अध्यक्ष श्रेष्ठ सहित पक्राउ पर्नेहरुमा एलिना तुलाधर, बुद्धराज तामाङ, हरिहर लामिछाने, भगवानबहादुर सिंह, विजयविक्रम शाह, मायोनानी महर्जन रहेका छन् । कौस्तुभ केतन ढुंगाना, शंकरप्रसाद पाठक, राकेश महर्जन र संगीत श्रेष्ठ पनि उक्त घोटाला प्रकरणमा प्रहरीको नियन्त्रणमा छन् ।
प्रतिक्रिया