आइएमई जनरलको हकप्रदलाई ट्रिपल बी रेटिङ्ग, बिक्री प्रबन्धक को ?

४ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्सको हकप्रदले ुट्रिपल बीु रेटिङ्ग पाएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि इक्रा नेपालमार्फत रेटिङ्ग गराएको हो ।

कम्पनीको उक्त हकप्रदलाई इक्रा नेपालले ‘इक्रा एनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको हो । इक्राले दिएको ट्रिपल बि रेटिङ्गले कम्पनीको आधारभुत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

कम्पनीले १०ः४ अनुपातमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको गत बैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर पारित गर्दै बोनस शेयरपछि कायम हुने पूँजीको ४० प्रतिशत हकप्रद शेयर जारी गरेर पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बीमा समितिले पनि कम्पनीलाई हकप्रद शेयर निष्कासनको अनुमति दिइसकेको छ । कम्पनीले हकप्रद शेयर बिक्री गर्न अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ७५ लाख ६४ हजार ५२० रुपैयाँ छ । हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया