नबिल बैंकको दशैँ धमाका अफर, डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा क्यासब्याक

४ बर्ष अगाडि

काठमाडौं - नबिल बैंक लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा “नबिल दशैँ धमाका अफर” ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यास ब्याक पाउन सक्नेछन् ।

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम तीन सयसम्म क्यासब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाको दिन लागु हुनेछ । 

त्यस्तै,  किरानामा १५ प्रतिशत छुट वा अधिकतम १५ सय रूपैयाँसम्म क्यास ब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर  अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५ सय रुपैयाँसम्म पाउन सक्नेछन् ।  

४ बर्ष अगाडि

प्रतिक्रिया