काठमाडौं - बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले छुट अफर सार्वजनिक गरेको छ ।
भोली (घटस्थापना) देखी सिजि डिजिटल तथा एलजी, शपी शोरुमहरुबाट एलजी, सिजी, गोदरोज, टीसीएल, सेन्सेई, केन्ट, ईलिका एण्ड ब्ल्याक प्लस डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखि १५ सयसम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
साथै आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागी सिजि इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले सिजी डिजिटल तथा एलजी शपी शोरुमबाट आफुलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् ।
यसको लागी ग्राहकले सि।जी। डिजिटल तथा एलजी शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
प्रतिक्रिया