बोनस सेयर पारित गर्न माछापुच्छ्रे कृति क्यापिटलले बोलायो साधारण सभा, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो दोश्रो वार्षिक साधारण सभा कार्तिक १० गते, बुधबार एम्बेस्सी रेस्टुरेन्ट, पानीपोखरी, काठमाडौंमा बोलाएको हो । 

सभा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ६.४ प्रतिशत नगद वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया