सबैको लघुवित्तले ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने, बोनस सेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं - सबैको लघुवित्त वित्तीय संस्थाले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ । 

कम्पनीले ३१.०५ प्रतिशत बोनस शेयर र १.६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

 उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया