काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेका छन् ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
प्रतिक्रिया