काठमाडौं - महालक्ष्मी विकास बैंकले १ लाख ९ हजार ८२६ कित्ता संस्थापक आजदेखि लिलामीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको एक सुचना मार्फत जानकारी गराएको हो ।
बैंकले उक्त सेयरमा ३५ दिन भित्र आवेदन दिन पनि अनुरोध गरेको छ । शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले कम्पनीको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
उक्त अवधिभित्र संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढाईने कम्पनीको भनाई छ ।
प्रतिक्रिया