हिमालयन रिइन्स्योरेन्सले बोलायो साधारण सभा, एजेन्डा के - के ?

४ बर्ष अगाडि

काठमाडौं - हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभा कार्तिक १२ गते होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा अपरान्ह ५ बजेबाट सुरू हुने भएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत प्रथम वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ । 

लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने, संचालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, संचालकको पारिश्रमिक, मता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुनेछन् ।

सभामा सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पनि रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया