काठमाडौं - यूनिलिभर नेपाल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
कम्पनीले कात्तिक ११ गते दिउँसो ३ः४५ बजे अभौतिक माध्यम अर्थात भिडियो कन्फरेन्सको माध्यमबाट २८ औँ वार्षिक साधारण सभा डाकेको हो ।
सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया