राष्ट्रिय वाणिज्य बैंकद्धारा एकैचोटी थप्यो ७ वटा नयाँ शाखा विस्तार

४ बर्ष अगाडि

काठमाडौें - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ ।

बैंकले बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो । 

यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानी स्थित शाखा कार्यालय प्युठान मा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यो सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया