स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा लाभांश घोषणा, बोनस कति ?

४ बर्ष अगाडि

काठमाडौै - स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले अघिल्लो बर्षको तुलनामा लाभांश बढाएर घोषणा गरेको हो ।

बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ३.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया