काठमाडौं - सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड ठगीको आरोपमा पक्राउ परेका छन् ।
तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले सोमबार साँझ सुन्धराबाट पक्राउ गरेको हो ।
सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको व्यूरोका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
तामाङसहित प्रहरीले अन्य १० जनालाई पनि पक्राउ गरेको जनाएको छ ।
सिभिल बैंक, सिभिल होम्स तथा सिभिल सहकारीलगायतका मालिक समेत रहेका तामाङ ४६ करोड रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उनी पूर्व सांसद समेत हुन्।
प्रतिक्रिया