नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सम्पन्न,१९ प्रतिशत नगद लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं, नेपाल बंगलादेश क्यापिटलको तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (रु.२० करोड )चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने रकम रु.३ करोड ८० लाख कर सहित वितरण गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित भएको छ । 

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित भएको छ । 

कम्पनीको साधारण सभा आज मिति २०७८/०६/१८ गतेका दिन इन्द्रेणी फुडल्याण्ड, बानेश्वर, काठमाण्डौंमा सम्पन्न भएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया