एक सातामा बैंकहरुमा ३८ अर्ब निक्षेप संकलन,  कर्जा लगानी पनि उच्च

४ बर्ष अगाडि

काठमाडौ,गत एक सातामा बैंकहरुमा ३८ अर्ब रुपैयाँले निक्षेप संकलन बढेको छ। असोज दोस्रो साता निक्षेप संकलन ह्वातै बढेको हो।

नेपाल बैंकर्स एशोसियसनले उपलब्ध गराएको तथ्याँक अनुसार असोज पहिलो साता बैंकहरुको निक्षेप संकलन ८ अर्ब रुपैयाँले मात्रै बढेको थियो। तर सरकारको खर्च बढेसँगै दोस्रो साता निक्षेप धेरै बढेको हो।

निक्षेप बढेपनि बैंकहरुको कर्जा लगानी पनि उच्च रहेको छ। सो अवधिमा बैंकहरुले ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

असोज १५ गतेसम्ममा बाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३९ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया