साधना लघुवित्तले बोलायो साधार सभा, लाभांश कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बार्षिक साधारणसभा कार्तिक १३ गते शनिबार होटल गोरखा बिसौनि गोरखामा बिहान ११ बजेबाट गर्ने भएको हो । 

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक  नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि कार्तिक ३ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कार्तिक २ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया