सोमबार ४ कम्पनीको साधारण सभा हुदैँ, कुनको लाभांश प्रस्ताव कति ?

४ बर्ष अगाडि

काठमाडौं, सोमवार चार अलग अलग कम्पनीको साधारण सभा हुने भएको छ। 

गोर्खाज फाइनान्स, नेपाल ल्यूब आयल लिमिटेड,सिद्धार्थ क्यापिटल  र नेपाल बङ्गालादेश क्यापिटलले भोलि सोमबार साधारण सभा  हुने भएको छ। 

गोर्खाज फाइनान्सले होटल क्राउन इम्पेरियल काठमाडौंमा बिहान ११ बजे साधारण सभा गर्न लागेको छ ।

सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै सभाले आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यसैगरी नेपाल ल्युब आयल लिमिटेको ३०औं वार्षिक साधारण सभा कम्पनीको कार्यालय ललितपुरमा  हुने भएको छ । सभा बिहान ११ः३० बजे हुने जानकारी गराएको छ ।

सभाले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज ५ गतेदेखि १८ सम्म बुक क्लोज गरेकाले असोज ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 

त्यसैगरी सिद्धार्थ क्यापिटल  लिमिटेडले साँझ ४ बजे नारायणचौर, नक्सालमा सभा गने भएको छ। सभाले ४० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  यसैगरी बङ्गलादेश क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा इन्द्रेणी फुडल्याण्ड काठमाडौंमा साँझ ४ः१५ बजे गर्ने  भएको छ । सभाले १९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया