प्रभु बैंकको ४ लाख ९७ हजार बढि कित्ता संस्थापक सेयर आजबाट बिक्रीमा आयो, कहिले सम्म दिन सकिन्छ आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंकले आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । 

संस्थापक सेयरको प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । यसमा लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी जनाउन सक्नेछन् । 

यसमा बैंकका संस्थापक सेयरधनी, व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । यसमा आवेदकले २५ असोजसम्म आवेदन दिन सकिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया