लक्ष्मी लघुवित्तद्धारा २७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा, बोनस कति ?

४ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लघुवित्तले शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर समेत गरी ७.३६ प्रतिशत नगद वितरण गर्ने घोषणा गरेको छ । यसरी लघुवित्तले नगद र बोनस गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनी हरुले पाउने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया