काठमाडौं - अपर तामाकोशी हाइड्रोपावरको बाह्रौं र तेह्रौं वार्षिक साधारण सभा मंगलबार हुने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक साधारण सभा गर्न लागेको हो । सभामा दुवै आर्थिक वर्षमा दोलखा जिल्लाका सामाजिक संस्थाहरू लगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा रहेको छ ।
साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । सभा नेपाल विद्युत प्राधिकरण दरबारमार्ग, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । भर्चुअल माध्यमबाट जुम एप्लिकेसनमार्फत सभा आयोजना गरिने कम्पनीले जनाएको छ ।
सभा प्रयोजनका लागि असोज ४ गते बुक क्लोज गरिएको छ । असोज ३ गतेसम्म कायम रहेका सेयरधनी सभामा सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया