सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भोलि असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १०.५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । सभामा सञ्चालक समितिको बैठकले निर्णय गरे अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया