काठमाडौं - सनराईज क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
असोज १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको एघारौँ वार्षिक साधारण सभा कार्तिक १२ गते, सनराईज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौंमा दिउसोको २ बजेबाट सुरू हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ४० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।
त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।
प्रतिक्रिया