नेप्सेमा सुचिकृत विभिन्न २ कम्पनीको बार्षिक साधारण सभा आज, के-के एजेन्डा ?

४ बर्ष अगाडि

काठमाडौं - आज नेपाल स्टक एकस्चेन्ज ९नेप्से० मा सुचिकृत विभिन्न २ कम्पनीहरुले बार्षिक साधारण सभा गर्दैछन् ।एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा गर्ने भएको हो ।   

क्सेल डेभलपमेन्ट बैंक लिमिटेड
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा असोज १६ गते, सिद्धार्थ होटल, विर्तामोड, झापामा हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ५१ लाख २२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले असोज १ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्नेछ । त्यसैले, भदौ ३१ गतेसम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड 
घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असोज १६ गते शनिबार, होटल रूबस, बैयाबेहडी, धनगढी, कैलालीमा हुनेछ । संस्थाले घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी निर्णयको लागि विशेष साधारण सभा आह्वान गरेको हो । 

दुवै संस्थाबीच गत कार्तिक २१ गते गाभिने सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो । त्यसैले, बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम नेप्सेमा घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार रोक्का छ । 

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड १:०.५० को अनुपातमा मर्ज हुन लागेका हुन् । विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावहरू पारित गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया