काठमाडौं - आज रुरु जलविद्युत परियोजना लिमिटेडको १५ औँ र १६ औँ वार्षिक साधारण सभा गर्दै छ । सभा हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा आज बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट १०.५६३२ प्रतिशत नगद लाभांश (कर सहित) र २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै, सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। त्यसैगरी, सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्नेछ ।
लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज ६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया