काठमाडौं, सहज एवं सबल बैंकिङ्गको मूल रणनीति अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ ।
हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिका यस भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले NIC ASIA Viber Quiz Buzz समेत सञ्चालनमा ल्याएको छ । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सकिनेछ । २०७८ आश्विन १४ देखि कात्र्तिक १० गतेसम्म सञ्चालन हुने यस ल्क्ष्ऋNIC ASIA Viber Quiz Buzz मा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने हरेक दिन ४ जनाले रू. ५०० को मोबाइल रिचार्ज समेत जित्न सक्नेछन् । यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोढिइ त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।
प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागीहरूले सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्नेछन र जति धेरै सही जवाफ दियो त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुने समेत व्यवस्था गरिएको छ । बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएको खण्डमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरिएको छ । यस प्रतियोगिताका अन्य नियम तथा शर्त बैंकको वेबसाइटमा उपलब्ध छन् । भाइबर कम्युनिटीमा जोडिनका लागि सबैभन्दा पहिले भाइबारभित्र सर्च बक्समा गई यस बैंकको नाम ल्क्ष्ऋ ब्क्क्ष्ब् द्यबलप खोज्नुपर्ने हुन्छ । जसमार्फत यस बैंकको NIC ASIA Viber Quiz Buzz योजनामा सहभागीता जनाउन सकिनुका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि जानकारी प्राप्त गर्न सकिनेछ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
प्रतिक्रिया