काठमाडौं, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले सोही दिनदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।
संस्थाको केन्द्रीय कार्यालय बनेपामा आयोजित एक कार्यक्रममा संचालक समितिका अध्यक्ष जगतबहादुर पोखरेलले नव नियुक्त कार्यकारी अधिकृत शर्मालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले ग्रामिण विकासमा स्नातकोत्तर हासिल गर्नुभएको छ र बैंक तथा वित्तीय संस्थामा १७ वर्षको कार्यानुभव रहेको छ ।
प्रतिक्रिया